राष्ट्रिय वाणिज्य बैंकद्वारा ५९औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम आयोजना

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भैरहेका छन् । बैंकको ५९औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको २०८० माघ ६ गते शनिबार आयोजना गरियाे ।

 

बैंक सञ्चलक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।

बैंकको केन्दीय कार्यालयबाट शुरु भएको उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा व्यानर सहित भद्रकाली, शहीदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्यकन्या कलेज, पुतलीसडक, पद्योदय मोड, राष्ट्रिय सभा गृह र पुनः भद्रकाली हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन भएकोे थियो ।

संयोजक एवं उपकार्यककारी अधिकृत पवन रेग्मीको संयोजकत्वमा भएको प्रभातफेरी कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय, सम्पूर्ण प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुमा एकसाथ आयोजना भएको थियो ।

 

केन्द्रीय कार्यायबाट शुरु भएको प्रभातफेरी कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष, सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, कर्मचारी ट्रेड युनियनका अध्यक्षहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिति रहेको थियो ।

 ४७७ जनाद्वारा रक्तदान 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा २०८० माघ ५ गते शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको थियाे ।बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले विभागीय प्रमुख सञ्जय श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

बैंकको केन्द्रीय कार्यालय परिसरमा तथा देशब्यापी रुपमा सम्पूर्ण प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४७७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

संयोजक एवं उपकार्यककारी अधिकृत विनयरमण पौडेलको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, कर्मचारी ट्रेड युनियनका अध्यक्षहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम, स्वास्थ्य परीक्षण, विभिन्न खेलकुद प्रतियोगिता(फुटसल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, म्युजिकल चेयर्स, चेस, हाजिरी जवाफ) कार्यक्रम आयोजना भैरहको छ । आगामी माघ १० गते बैंक ५८ वर्ष पूरा गरी ५९ औं वर्षमा प्रवेश गर्दै छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८६ वटा शाखा कार्यालय, ७० वटा एक्सटेन्सन काउन्टर, ३०० वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *