पोखरा । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।
‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईंमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् ।
उनीमाथि हातपात गर्ने गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।







