निर्माण व्यवसायीको बक्यौता भुक्तानी सुरु

काठमाडौँ । स्रोत सुनिश्चितता नहुँदा लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्बौँ रुपैयाँ बराबरको बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएको बताएका हुन् ।

अर्थमन्त्री डा. महतका अनुसार अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई २ अर्ब रुपैयाँ निकासा गरेको हो ।

अघिल्लो सरकारले स्रोत सुनिश्चितता मात्रै गरेर बजेटबिनै अघि बढाएको आयोजनाको भुक्तानी हुन बाँकी छ । भुक्तानी रकम माग्दै निर्माण व्यवसायी महासङ्घकै नेतृत्वमा व्यवसायीहरू लामो समयदेखि आन्दोलनमा छन् । महासङ्घका अनुसार सरकारले निर्माण व्यवसायीको ४० अर्ब रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी छ ।

तर, अर्थ मन्त्रालय भने निर्माण व्यवसायीलाई सुरुवाती चरणमा ८ अर्ब रुपैयाँ भुक्तानी गर्ने गरी अघि बढेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *