सेयर बजारमा गिरावट, ८ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको सेयर मुल्य बढेको छ भने १३३ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँको सेयर काराबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनकिो आज १ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ३० करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ङादी ग्रुप पावरको २३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *