नेपाल लाइफको पोखरास्थित लेखनाथ उपशाखाद्धारा सात लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कास्की जिल्लास्थित लेखनाथ उपशाखाले बीमा दाबी बापतको रकम यही माघ २ गते बीमितका आश्रित परिवारका सदस्यलाई भुक्तानी गरेको छ।

नेपाल लाइफको लेखनाथ उपशाखाका अनुसार शुक्ला गण्डकी नगरपालिका ७, तनहुका रेशम बहादुर सार्कीको निधनपछि निजका आश्रित परिवारका सदस्यहरुलाई सात लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको हो । सार्कीले ३ बर्ष पहिले सोही उपशाखाबाट छ लाख लाख रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा गरेका थिए ।

बीमित सार्कीले चार किस्ता रकम बुझाएपछि निधन भएको थियो । कम्पनीले बीमाङ्क रकम र उक्त अवधिको बोनस रकम गरि कूल सात लाख ११ हजार रुपैयाँ एक कार्यक्रमकाबीच बीमितकी श्रीमती बुद्धिमाया सार्कीलाई हस्तान्तरण गरिएको हो।

बीमा दावी भुक्तानी गर्न आयोजित कार्यक्रममा नेपाल लाइफको लेखनाथ उपशाखाका प्रमुख अबिनाश काफ्लेले उत्कृष्ट बचत र सुरक्षाका लागि जीवन बीमा आवस्यक रहेको बताउँदै बीमितका आश्रित परिवारलाई बीमाबापत प्राप्त रकम सही ठाउँमा सदुपयोग गर्न आग्रह गरे । बीमित सार्कीकी श्रीमती बुद्धिमाया सार्की लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *