काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार घटेको छ ।
यो दिन सुनको मूल्य ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यो दिन तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, यो दिन चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
Artha Sanjal






