नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ३ वर्षे कार्यकालका लागि थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुत्त गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायल अन्तर्गत गठित कार्यकारी निर्देशक छनोट समितिले आवेदन परेका १७ जनामध्येबाट उच्च अंक ल्याएको भन्दै तीन जनाको नाम सिफारिस गरेको थियो ।
उक्त समितिले निगमका पूर्व कार्यकारी निर्देशक चन्डिकाप्रसाद भट्ट, जीवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको थियो । समितिले गरेको सिफारिसका आधारमा दुई जनालाई पन्छाउँदै थालीलाई नियुक्त गरिएको हो । रिक्त कार्यकारी पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ पुस २५ मा सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो ।
उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए । तीमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम सिफारिस गरिएको जनाएको छ ।







