प्राइम कर्मशियल बैंकलाई २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति

प्राइम कर्मशियल बैंक लिमिटेडले रू २ अर्ब ५० करोड बरावरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्रबोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट फागुन २३ गते अनुमति पाएको हो ।

कम्पनीले २५ लाख कित्ता मध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *