सामान्य अंकले घट्यो सेयर बजार, साढे पाँच अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बिहीबार परिसूचक नेप्से ८.७१ अंकले २०४९.२८ विन्दुमा ओर्लिएको छ ।

नेप्से घट्दा कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँको भएको छ । यस दिन ३०३ धितोपत्रको एक करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर खरिदबिक्री भयो ।

यसदिन कुल ११३ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ५ को स्थिर रह्यो ।

कुल १३ उपसूचकमध्ये ४ वटा उपसूचकमा हरियाली छायो भने बाँकी ९ सूचक राताम्मे बन्यो ।

समग्र बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कालिका पावर, सिंगटी हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.५ प्रतिशत घट्यो । मन्दाकिनी हाइड्रोको ५.८, नेपाल टेलिकमको ५.४, जानाकी फाइनान्सको ५.२ र युनिलिभर नेपालको ५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *