आज तरकारीको बजार भाउ यस्तो छ

काठमाडौं। कालीमाटी तरकारी बजारमा आज ठूला गोलभेँडाको मूल्य २० रूपैयाँले बढेको छ।

मंगलबार ४० देखि ५० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको ठूलो गोलभेँडाको मूल्य आज ६० देखि ७० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

भारतीय ठूलो गोलभेडाको भाउ पनि किलोमा १० रूपैयाँ बढेको छ। आज नेपाली र भारतीय ठूलो गोलभेडाको भाउ समान ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ।

सानो लोकल गोलभेँडाको भाउ स्थिर छ। कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिले लोकल गोलभेँडाको भाउ १२ देखि २० रूपैयाँ तोकेको छ।

सुकेको भारतीय प्याज १५ रूपैयाँ महँगिएको छ। हिजो ७५ देखि ८५ रूपैयाँमा कारोबार भएको भारतीय प्याजको मूल्य आज ९० देखि ९५ रूपैयाँ तोकिएको छ।

चिनियाँ प्याजको भाउ स्थिर छ। चिनियाँ प्याजको मूल्य ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ।

त्यस्तै लोकल बन्दा ३० देखि ४० रूपैयाँ, तराईको बन्दा २५ देखि ३५ रूपैयाँ र नरिवल बन्दा २५ देखि ३५ रूपैयाँ प्रतिकिलो छ। यी तरकारीको पनि आज भाउ बढेको छैन।

स्थानीय काउली २० देखि ३० रूपैयाँ प्रतिकिलो, ज्यापु काउली ३० देखि ४० रूपैयाँ, तराईको काउली २० देखि २५ रूपैयाँ प्रतिकिलो भाउ छ। यी तरकारीको पनि भाउ घटबढ भएको छैन।

आज सागको भाउ पनि स्थिर छ। रायोको साग ३० देखि ४० रूपैयाँ, पालुगो, चमसुर, मेथी र सौफको साग ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ। तोरीको साग आज ४० देखि ५० रूपैयाँ प्रतिकिलो छ।

रातो आलुको भाउ ३५ रूपैयाँ देखि ३८ रूपैयाँ छ। रातो आलु ३० देखि ३२ रूपैयाँ छ। आलुको भाउपनि हिजो र आज करिब उस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *