काठमाडाैंकाे पानीपोखरीमा सिजीले खाेल्याे किङ्ग लोङ्गकाे नयाँ शाेरुम

काठमाडाैं। लोकप्रिय इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्ग लोङ्ग १४, १६ र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलको नेपाली अधिकारिक बिक्रेता सिजी मोटर्सले काठमाडौँको पानीपोखरीमा नयाँ शाेरुम खाेलेकाे छ । इलेक्ट्रिक गाडीकाे कम्पनी किङ्ग लोङ्गका अध्यक्ष ल्यीउ झिजुनले सिजीले काठमाडाैंकाे पानीपाेखरीमा खाेलेकाे नयाँ शोरुमको औपचारिक उद्घाटन गरेका छन्।

किङ्ग लोङ्गको पानीपोखरी स्थित नयाँ शोरुमबाट किङ्ग लोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चार प्रकारका गाडीहरू उपलब्ध छन्। सबै प्रकारका गाडीहरूमा उत्कृष्ट CATL Battery Technology को प्रयोग भएको छ । उक्त कम्पनीका नेपालमा उपलब्ध गाडीमा एक फुल चार्ज गर्दा ३०० किलोमिटरको यात्रा पूरा गर्न सकिन्छ । किङ्गलोङ्ग इलेक्ट्रिक कमर्सियल भेहिकलहरूमा प्रयोग भएको मोटरले ३१० एन.एम. को टर्क उत्पादन गर्दछ । टर्कले गाडीकाे इन्जिनकाे क्षमता देर्साउँछ ।

किङ्ग लोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा 50.23 kWh को ब्याट्री उपलब्ध छ। यसका साथै उक्त गाडीमा ए.बि.एस. /इ.बि.डि. / १८० एम.एम. / ग्राउण्ड क्लेरेन्स/१५ इन्चको टाएर/ रिभर्स क्यामेरा/ रिभर्स क्यामेरा विथ सेन्सर /ए.सी. जस्ता विशेषताहरु पाउन सकिन्छ । गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ।

किङ्ग लोङ्ग १६ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा 53.58 kWh को ब्याट्री प्रयोग गरिएको छ। उक्त गाडीमा १५ इन्चको टायर उपलब्ध छ । यो गाडीमा पनि ए.बि.एस., सेन्ट्रल लकिङ्ग, ए.सि., रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर विथ बजर, ए.भि.ए.एस. जस्ता विशेषताहरू पाउन सकिन्छ।

किङ्ग लोङ्ग १९ सिटर इलेक्ट्रिक भ्यान लक्जरी सेग्मेन्ट अन्तर्गत पर्दछ । यसमा 77.28 kWh को ब्याट्री छ। यस गाडीमा २२० एम.एम. को उत्कृष्ट ग्राउण्ड क्लेरेन्स पाउन सकिन्छ भने यसका साथै १६ इन्चको टायर, ए.बि.एस., रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर, ए.भि.ए.एस., सेन्ट्रल लकिङ्ग, ए.सि., एल.इ.डि. डि.आर.एल. विथ प्रोजेक्टर हेड ल्याम्प जस्ता विशेषताहरू पाउन सकिन्छ।

किङ्ग लोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ब्याट्री र मोटरमा २,००,००० किलोमिटर वा ५ वर्षको वारेन्टी पाउन सकिन्छ भने १६ सिटर र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलहरुमा ४,००,००० किलोमिटर वा ७ वर्षको ब्याट्री वारेन्टी पाउन सकिन्छ।

किङ्ग लोङ्ग गाडी पानीपोखरी शाेरुमसँगै नेपालभर थप २१ वटा शाेरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। कम्पनीका अनुसार नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *