जाडोमा मुटु कसरी स्वस्थ राख्न के गर्ने, के नगर्ने?

काठमाडौं। मुटु एक मांसपेशी अंग हो। जसले रक्तसञ्चार प्रणालीमा रगत पम्प गर्छ। छातिमा केन्द्रको थोरै बायाँ, फोक्सोको बीचमा मुटु अवस्थित छ। जीवनको लागि मुटु सबैभन्दा महत्त्वपूर्ण अंग हो। किनकि यसले तन्तु र अंगहरूलाई अक्सिजन र पोषक तत्वहरू उपलब्ध गराएर शरीरको समग्र कार्यलाई निरन्तरता दिन्छ।

जाडोमा मुटुमा कस्तो असर पर्छ ?

जाडो मौसममा वातावरणले गर्दा शरीरको औसत रगतको माग बढ्छ। जसले मुटुको कामको बोझ बढ्न पुग्छ। मुटुले साविकभन्दा बढी काम गर्नुपर्ने भएपछि चिसो मौसममा बढी भारपर्छ। मुटु स्वस्थ्य छ भने धड्कन बढ्ने, थाकेको अनुभव हुने हुन्छ। मुटु अस्वस्थ्य छ भने पीडा (एनजाइना) हुने, हृदयाघात (मायोकार्डियल इन्फाँर्कसन्) हुने हुन्छ। यस्तो अवस्थामा मृत्युसमेत हुन्छ।

जाडोमा मुटु स्वस्थ्य कसरी राख्ने ?

मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्त्वपूर्ण उपाय हो। सबै व्यक्तिले चिसोबाट बच्नुपर्छ। बिहानै अति चिसोमा गरिने हिँडडुल कम गर्ने वा बन्द गर्नुपर्छ। चिसो समयमा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोललाई राम्रा अवस्थामा राख्नुपर्छ।

जाडो महिनाहरूमा आफ्नो मुटुलाई स्वस्थ राख्नको लागि इनडोर व्यायाम गर्नुपर्छ। ध्यान वा योग जस्ता तनाव कम गर्ने गतिविधिहरू अभ्यासमा ल्याउनुपर्छ, जसले तनाव व्यवस्थापनमा सहयोग गर्दछ।

अत्यधिक परिश्रमबाट बच्न चिसोबाट आफूलाई बचाउनुपर्छ। शरीरलाई न्यानो बनाई राख्नुपर्छ। बाहिर हिँड्दा न्यानो लुगा लगाएरमात्र घरबाहिर जानुपर्छ। सन्तुलित आहार : माछा, फलफूल जस्ता मुटुलाई स्वस्थ राख्ने खानेकुराहरू खानुपर्छ।

नियमित चेक–अप : मुटुको स्वास्थ्य मूल्याङ्कनका लागि डाक्टकरसँग बेलाबेलामा चेकजाँच गर्न जानुपर्छ।

पर्याप्त निद्रा : मुटुको समग्र स्वास्थ्यलाई बढावा दिन पर्याप्त, निद्रा सुनिश्चित गर्नुपर्छ।

पहिलेदेखि मुटु रोगीले औषधि खाई राख्ने, कुनै असहजता भए तुरुन्तै मुटु रोग विशेषज्ञलाई भेट्नुपर्छ।

फरक खालको छाति दुखाइ भए परामर्श लिनुपर्छ।

यदि हातखुट्टा चिसो, कालो हुने देखिए तुरुन्तै परामर्श लिनुपर्छ।

  • मदिरा तथा चुरोट सेवन नगर्ने। मदिरा तथा चुरोट सेवनले हृदयाघात तथा मस्तिष्कघातको जोखिम बढाउँछ।
  • कुनै पनि नयाँ प्रकारको व्यायाम नगर्ने।
  •  साँझको समयमा इभिनिङ वाक नगर्ने।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *