मञ्जुश्री फाईनान्सको निमित्त सीईओमा तिमिल्सिना नियुक्त

काठमाडौं । मञ्जुश्री फाईनान्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका सीईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई उक्त पदमा नियुक्त गरिएको कम्पनीले बताएको छ ।

निमित्त सीईओ तिमिल्सिनाले पुस १६ गतेबाट कार्यभार सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *