एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । एभरेष्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्ने छ ।

कम्पनीको गत असोज ३० गते सम्पन्न भएको वार्षिक साधारणसभाले पारित गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *