१ लाख ४२ हजारले लिए सहुलियत दरमा साढे २ खर्ब ऋण

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा २ खर्ब ५० अर्ब बढीको सहुलियत कर्जा स्वीकृत गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ तेस्रो संशोधन सहित अनुसार २०७८ माघ मसान्तसम्म २ खर्ब ५० अर्ब १४ करोड ४४ लाख ४५ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ । कुल १ लाख ४२ हजार ३ सय ४४ जना ग्राहकले यो रकमको कर्जा लिएका हुन् ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै कर्जा भने ब्यबसायिक कृषि तथा पशुपक्षि शिर्षकमा गएको छ । यो शिर्षकमा ५८ हजार २ सय ६९ जना ग्राहकको कुल १ खर्ब ५८ अर्ब ७७ करोड ३८ लाख ९७ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । जस मध्ये ५ हजार ९ सय ५० जना ग्राहकको ३ अर्ब २९ करोड २१ लाख १९ हजार रुपैयाँ बराबरको कर्जा बिना धितो स्वीकृत भएको छ भने ५२ हजार ३ सय १९ जना ग्राहकको १ खर्ब ५५ अर्ब ४८ करोड १७ लाख ७८ हजार कर्जा धितो राखेर स्वीकृति भएको छ ।

त्यस्तै शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत १ सय ५१ जनाको लागि ७ करोड ९० लाख ६१ हजार कर्जा स्वीकृत भएको छ । विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत ९ सय ५७ जनाको लागि ७८ करोड ४७ लाख ४० हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ ।

महिला उद्यमशिलता कर्जातर्फ ८१ हजार २ सय २७ जनाको लागि ८५ अर्ब ९९ करोड ३५ लाख ९६ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । त्यस्तै दलित समुदाय ब्यबसाय विकास कर्जा अन्तर्गत ११ सय ७ जनाले ७६ करोड ६० लाख ७६ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत गराएका छन् ।

उच्च र प्राविधिक तथा ब्यबसायिक शिक्षा अन्तर्गत १४० जनाको लागि ४ करोड ७४ लाख २६ हजार बराबरको कर्जा स्वीकृत भएको छ । भूकम्पपिडितहरुको निजि आवास निर्माण कर्जा अन्तर्गत २ सय १८ जनाको लागि ६ करोड ३८ लाख २३ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ ।

त्यस्तै कप उद्योग संचालनको लागि २५० जनाको लागि ३ अर्ब ६२ करोड ६३ लाख २६ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ । २ जनाको लागि प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम शिर्षकको ४ लाख रुपैयाँको कर्जा र युवा वर्ग स्वरोजगर कर्जा शिर्षकमा ९ लाख १ हजार रुपैयाँ बराबरको सहुलियत कर्जा स्वीकृत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *