काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै गत पुस ६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले बोर्डको अनुमतिपछि ११ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने छ ।
कम्पनीले आफ्नो जारी पूँजीको १५ प्रतिशतले हुन आउने कुल अर्थात् ११ करोड २५ लाख रकम बराबरको १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमवापत १८८ रुपैयाँ थप गरी जम्मा प्रतिसेयर मूल्य २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।







