काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले ठमेलमा रहेको एलओडी क्लबमा छापा मारेको छ । गत शुक्रबार उक्त अभियोगमा राजस्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको थियो ।
स्रोतले दिएको जानकारीअनुसार विभागका डाइरेक्टरसहितको टोली ग्राहक बनेर पुगेको थियो । क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा विभागले छापा मारेको हो ।
विभागले उक्त क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको छ ।







