भारती कम्पनीले सबैभन्दा ठूलो आइपीओ निष्कासनका लागि अनुमति

लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया एलआइसी को प्रारम्भिक सार्वजनिक प्रस्ताव आइपीओ निष्कासनका लागि भारतको बजार नियामक सेबीले स्वीकृति दिएको छ । बजार नियामकमा दायर गरिएको रेड हेरिङ प्रोस्पेक्टसको मस्यौदा अनुसार सरकारले एलआइसीको आइपीओ अन्तर्गत ३१ करोडभन्दा धेरै इक्विटी शेयर बेच्ने योजना बनाएको छ ।

सूचीकरण पछि एलआइसीको बजार मूल्याङ्कन रिलरटीसीएस् जस्ता शीर्ष कम्पनीहरूसँग बराबर हुनेछ । पेटीएमको इश्यू सबैभन्दा ठूलो थियो र कम्पनीले गत वर्ष आईपीओबाट १८,३०० करोड रुपैयाँ जम्मागरेको थियो ।

भारतको केन्द्रीय मन्त्रिपरिषद्ले आईपीओमा विदेशी लगानीकर्तालाई समावेश गर्न एफडीआई नीति परिवर्तन रहेको छ ।

डिआरएचपीका अनुसार १० प्रतिशत शेयर आरक्षण भाग अन्तर्गत एलआइसी पोलिसी होल्डरहरूको लागि आरक्षित गराईनेछ । हुनसक्छ उनीहरूले सेयर मूल्यमा ५ प्रतिशत छुट पाउन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *