शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई नबिल इन्भेष्टमेण्टले छुट दिने

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले आफ्नो १२ औं बार्षिक उत्सवको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई विशेष छुट दिने भएको छ । यस अवसरमा कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी बाह्र महिना एक वर्ष को लागि लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत लाग्ने बार्षिक शुल्कमा पूर्ण रुपमा छुट गरिने जनाएको हो ।

आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसकेका लगानीकर्ताहरु तथा शेयर बजार सम्बन्धि जानकारी गर्न नसकेका लगानीकर्ताहरुले पहिलो बाह्र महिनाको लागि कुनै व्यवस्थापन शुल्क फाईदा लिन सक्ने जानकारीएको छ ।

लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो तथा गहन विश्लेषण, रिसर्चको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्ताहरुको लगानीको निर्णय लिईने छ । लगानी गरिएको रकम वाहेक नाफा भएको रकम लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सकिने सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिन्छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *