सुनुवाइ समितिको बैठक बस्दै,प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरिने

काठमाडौं।  सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज आउने भएको छ। आज सिंहदरबारमा बस्ने बैठकले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनबारे निर्णय गर्ने भएको हो।

गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो।

मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ थालेको थियो। सोमबार सुनुवाइ सकिएको थियो। उक्त सुनुवाई समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन्।

संसदीय सुनुवाइ सकिएका प्रस्तावित ६ न्यायाधीशमा सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन्।

प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक आजका लागि बोलाइएको छ। बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *