माछापुच्छ्रे बैंकले वीरगंजको आदर्शनगरमा शाखा खोलेको छ।
वीरगञ्ज महानरपालिकाका प्रमुख विजयकुमार सरावगी र बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा शाखा उद्घाटन गरेका छन्। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला पनि सहभागी थिए।
नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायत अन्य सम्पूर्ण बैंकिङ सुविधाका साथै २४सै घण्टा एटीएम सेवा उपलब्ध हुने बैंकले जनाएको छ।
बैकले देशभर १६४ वटा शाखा र १५७ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३२१ स्थानबाट ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको छ।
बैंकको देशभर २०० वटा एटीएम संचालनमा छन्।







