हिमालयन इन्भेष्टमेण्ट बैंकरका सीईओ सुमेर शमशेर राणा पदबाट बर्खास्त

काठमाडौं । हिमालयन इन्भेष्टमेण्ट बैंकर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमेर शमशेर जबरा पदबाट बर्खास्त भएका छन्। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैंठकले राणालाई सो पदबाट हटाउने निर्णय गरेको हो।

कम्पनीका अध्यक्ष कपिल दाहालका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेपछि सञ्चालक समितिले यस्तो निर्णय गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राणामाथि अनुसन्धान गरिरहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *