घलेम्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने म्याद थप भएको छ  । म्याद थप संगै कम्पनीको हकप्रदमा पुस १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले मङ्सिर १० गतेदेखि हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले  १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब १० करोड बराबरको १ करोड १० लाख कित्ता सेयर निष्काशन गरेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले हकप्रद प्रयोजनको लागि कार्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले असोज १८ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।

हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी  गर्ने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *