काठमाडौं। भेन्चर हायर पर्चेजले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो।
बोर्डको अनुमतिछि कम्पनीले ११ करोड रुपैयाँबराबरको आईपीओ सार्वजनिक गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख कित्ता साधारण सेयर बिक्री गर्नेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।







