कात्तिकमा ६ हजारले गरे बीमा पोलिसी सरेण्डर

काठमाडौं । कात्तिक महिनामा ६ हजार ९१ बीमितिहरुले बीमा पोलिसी त्याग (सरेण्डर) गरेका छन् । कात्तिक महिनामा ६ हजार ९१ बीमितिहरुले ७९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

गत असोज महिनामा ९ हजार ९३६ जनाले एक अर्ब १८ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको थियो । अघिल्लो महिनाभन्दा गत महिना बीमा सरेण्डर ३८.७० प्रतिशत घटेको छ ।

हाल सञ्चालनमा रहेका १४ कम्पनीमध्ये नेपाल लाइफको सर्वाधिक रकमको बीमापोलिसी सरेन्डर भएका छन् भने सबैभन्दा कम रिलायबल नेपाल लाइफको छ । नेपाल लाइफको २६ करोड ४३ लाख र रिलायबल नेपाल लाइफको ४० लाख ८७ हजार रुपैयाँ बराबरको सरेन्डर भएका छन् ।

प्रतिशतको आधारमा आइएमई लाइफको सबैभन्दा बढी घटेको छ । कम्पनीमा बीमा पोलिसी सरेन्डर रकम एक महिनामै ६८.११ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा एशियन लाइफको मात्रै सरेन्डरदर बढेको छ । इन्स्योरेन्सले एक महिनामा ८७ लाख २३ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर बढेको हो । संख्या पनि ३०.२१ प्रतिशतले बढेर ९८७ पुगेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *