काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट ८.५० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ४.५० प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।
Artha Sanjal







