तरलता अभावका कारण निक्षेप आकर्षित गर्न आफुखुशी ब्याजदर बढाएका बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि घटाएका छन् । अधिकांश बैंकहरुले १० प्रतिशत भन्दामाथि नै ब्याजदर सार्वजनिक गरेका थिए ।
बैंकहरुले डबल डीजीटमा निक्षेपको ब्याजदर बढाएपछि राष्ट्र बैंकले एक्सन लिएको थियो । राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन ३ बुँदे निर्देशन दिएपछि बैंकहरुले सिंगल डीजीटमा रहनेगरी ब्याजदर घटाउनुपर्यो ।
कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११।६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९।३६ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९।३६ प्रतिशत ब्याजदर तोकेका छन् । नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९।३६ प्रतिशत तोकेका छन् ।
यसैगरी, नेपाल एसबीआईले ९।४१ तथा नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी समान बैंकले ९।३५ रुपैयाँ ब्याज तोकेका छन् । सनराईज बैंकले ९।०६, सानिमाले ९।०६, प्रभुले ८।५७, राष्ट्रिय वाणिज्यले ८।३६, सिटिजन्सले ८।८, कृषि विकासले ८।८५, तोकेका छन् भने बाँकी बैंकहरुको ब्याजदर सार्वजनिक हुने क्रम जारी रहेको बैंकर्स संघले जनाएको छ ।