ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् ।

कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी कम्पनीको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

उनी कम्पनीको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकबाट यसअघि कायम मुकायम सीईओमा नियुक्त भएका थिए ।

प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् ढकालसँग बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको कार्य अनुभव छ । उनले डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *