फेरि बढ्न थाल्यो सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा २०० रुपैयाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *