सुनको मूल्य : ताेलाकाे एक लाख तीन हजार रुपैयाँ

सुनको मूल्य मंगलबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ  । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *