आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आज सार्वजनिक भएको छ । विवरण अनुसार कम्पनीले यस अवधिसम्म रू १२ करोड ४७ लाखभन्दा बढी नाफा भएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रू.४ करोड ७६ लाखभन्दा बढी नाफा भएको थियो ।
नेपालमा दोस्रो पुनर्बीमा कम्पनीको रुपमा भित्रिएको यस कम्पनीले दोस्रो त्रैमाससम्म रू ३० करोड ५५ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।
पहिलो त्रैमाससम्म कम्पनीले रू ८ करोड ८ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीले २७८ दशमलव १७ प्रतिशत बीमाशुल्क नाफा भएकोको हो । कम्पनीको चुक्तापूँजी रू ७ अर्ब रहको छ भने जगेडा कोष रकम रू। १२ करोड ८९ लाखभन्दा बढी कायम गरेको छ । कम्पनीको बीमाकोषमा रू ४८ लाखभन्दा धेरै रकम रहेको छ भने महाविपत्ती कोषमा रू ४ लाख भन्दाबढी रकम सञ्चित भएको छ ।