ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाललाइ जेल चलान भएको छ।अग्रवाल अहिले डिल्लीबजार कारागारमा छन्।
महानगरीय प्रहरी परिसर टेकुले जनाए अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले जमानतका लागि ४५ लाख धरौटी माग गरेको थियो । विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि अग्रवाललाइ जेल चलान गरिएको हो।
अग्रवालविरुद्ध गत असोज महिनामा २ जना व्यवसायीले बैंकिङ कसुर अन्तर्गत उजुरी दिएका थिए ।




