उन्नति सहकार्य लघुवित्तको एफपीओ शक्रुबार बाँडफाँट हुने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ शक्रुबार (मंसिर ८ गते) बिहान बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार एफपीओ बाँडफाँट हुने भएको हो ।

एफपीओमा ११ लाख भन्दा बढीको हात रित्तो हुने भएको छ । एफपीओमा अन्तिम दिनसम्म ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ६९.७३ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा एफपिओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १७ हजार ८४५ जनाले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् । सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो । कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१।१८ कित्ता सेयर निष्काशन गरेको थियो ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *