बैंक अफ काठमाण्डूको सिइओमा श्रवललाल मास्के

बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवललाल मास्के नियुक्त भएका छन्। बैंकको संचालक समितिको बैठकले  मास्केलाई सिइओ बनाएको हो । उनी तीन महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृत थिए।

शोभनदेव पन्त अवकाश भएपछि मास्के कामु प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका हुन् । नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव  छ। मास्केले बैंकको दीर्घकालिन व्यावसायिक योजना बनाएका कारण सिइओको जिम्मेवारी दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *