हिमालयन बैंकको मर्जर कमिटिका सुनिल थापा र आशीष शर्माले राजीनामा दिएका छन् । हिमालयन बैंकको साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेको थियो ।
मर्जर हुनुभन्दा अगाडि हिमालयन बैंकको सञ्चालक रहेका थापा र शर्मा हिमालयन बैंकको तर्फबाट सयुक्त मर्जर कमिटिको सदस्य थिए । साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि सयुक्त मर्जर कमिटिले डिमर्जरको गर्ने निर्णय राष्ट्र बैंकमा बुझाउनुपर्ने थियो ।
मर्जर कमिटिमा रहेर मर्जरमा जाने सम्झौता गरेको तथा साधारणसभाले मर्जरमा जाने प्रस्ताव बिफल गरेको हुँदा मर्जर कमिटिमा बस्ने नैतिकताले नदिएको आशीष शर्माले जानकारी दिए । त्यसैगरी आफूहरु मर्जरको पक्षमा रहेको र साधारणसभाले मर्जरको प्रस्ताव पास नगरेपछि कमिटिबाट राजीनमा गरेको हिमालयन बैंकका सञ्चालक सुनिल थापाले बताए ।
थापाले नैतिकताको कारण राजीनामा दिएको थापाको भनाई छ ।
हिमालयन बैंकको साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि दुवै बैंकको संयुक्त मर्जर कमिटिले डिमर्जको निवेदन राष्ट्र बैंकमा दिनुपर्ने हुन्छ । अहिले दुवै बैंकबाट डिमर्जरको प्रस्ताव राष्ट्र बैंकमा गएको छैन ।