गरिमा विकास बैंकको लकर सुविधामा विशेष छुट

गरिमा विकास बैंकले आउँदै गरेको अन्तराष्ट्रिय नारी दिवस २०२२ का अवसरमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्ने महिला ग्राहकहरुलाई लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ ।

सामान तथा कागजपत्र राख्न गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत पहिलो वर्षको लागि मात्र छुटको व्यवस्था रहेको हो ।

विकास बैंकका ग्राहकले न्यूरोड शाखा काठमाडौं कुमारीपाटि शाखा ललितपुर सुर्यविनायक शाखा ९भक्तपुर०, सभागृह शाखा कास्की वगर शाखा कास्की नारायणगढ शाखा चितवन बुद्धचोक शाखा चितवन र धरान शाखा धरान मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिनेछन् ।

यस विकास बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो शेयर बचत खाता खोलेका नारीहरुले उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *