यू–१९ एसिया कप: नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

काठमाडौं । एसीसी पुरुष यू–१९ एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले यू-१९ एसिया कपको तालिका सार्वजनिक गरेको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)मा सुरु हुने खेलमा नेपालले मंसिर २२ गते पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।

नेपालले आफ्नो दोस्रो खेलमा मंसिर २४ गते अफगानिस्तानसँग खेल्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर २६ गते भारतसँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल मंसिर २९ गते र फाइनल पुस १ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *