तिहार नजिकिदैं गर्दा सेयर बजारमा उत्साह, कारोबार भने खुम्चियो

काठमाडौँ । लगातार तेस्रो दिन समेत सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१६ अकंले बढेर १८६३.९३ बिन्दुमा बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२१ अंकले बढेर ३५८.४० को विन्दुमा पुगेको छ। आज २८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच हुँदा ७८ करोड २७ लाख ४३हजार रुपैयाँको कारोबार भएको छ । हिजो करिब १ अर्ब पुगेको कारोबार आज भने खुम्चिएको हो ।

बुधबार चार उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.४३ प्रतिशत र निर्जीवन बीमा समूहको ०.२३ प्रतिशतले सेयर मूल्य ओरालो लागेको हो ।

आज सोनापुरको ५ करोड ६१ लाख र हिमालयन बैंकको संस्थापक सेयर ५ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार ग्लोबल आइएमई लघुवित्तको ८.०७ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ७.४० प्रतिशत नेपाल एसबिआई बैंकको ७.३२ प्रतिशतले सेयर मूल्य सुधार आएको छ ।

त्यस्तै, कर्पोरेट विकास बैंकको ६.३८ प्रतिशत, समलिङ्ग पावरको ५.५३ प्रतिशत र एनआइसी एशिया ग्रोथको ४.९२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *