इमर्जिङ नेपालको आईपीओ आइतबार अर्थात आज फागुन २२ गतेदेखि किनबेच गर्न पाइने भएको छ । कम्पनीको आईपीओ नेपाल स्टक एक्स्चेञ्ज नेप्से मा सूचीकृत भएसँगै सो दिनदेखि सेयर खरिद बिक्री गर्न मिल्ने भएको हो ।
गत फागुन ४ गते बाँडफाँड भएको उक्त आईपीओ १५(१६ दिनमै नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता साधारण सेयर फागुन २० गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै सूचीकृत भएको दोश्रो कार्यदिन अर्थात फागुन २२ गते आइतबारदेखि कम्पनीको सेयर किनबेच गर्न मिल्ने छ । जसको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १०५।११ रुपैयाँदेखि अधिकतम ३१५।३३ रुपैयाँको रेञ्ज तय गरिदिएको छ । यससँगै लगानीकर्ताले सो दिनको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर गर्न पाउनेछन् ।
त्यस्तै, कम्पनीले सेयर सम्बन्धी सबै काम गर्नको लागि सेयर रजिष्टारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
साथै, सूचीकरण प्रकृया मात्र नभई कम्पनीको सेयर बाँडफाँड प्रकृया पनि छोटो अवधिमै सम्पन्न भएको थियो । माघ २६ गतेदेखि फागुन १ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला गरेको उक्त आईपीओ बाँडफाँड तीन दिनमै अर्थात फागुन ४ गते भएको थियो ।