ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफासमेतबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगदसहित कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी सत्रौँ वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *