मीनबहादुर गुरुङद्वारा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग घोषणा

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले उक्त रकमको घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *