अर्बभन्दा माथि नाफा कमाएका यी ७ बैंक : कुन सूचकमा को बलियो ?

काठमाडौं  । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ वटा वाणिज्य बैंकहरुले मात्र एक अर्बभन्दा माथि खुद नाफा कमाएका छन् । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वाधिक नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन वाणिज्य बैंकहरु मध्येकै सबैभन्दा बढी हो । यसले आफ्नो नाफा ३३.४७ प्रतिशतले बढाएको छ ।

खुद ब्याज आम्दानी पनि बढेर ४ अर्ब १६ करोड पुगेको छ । गत आर्थिक वर्ष मर्जर अगाडि नेपाल इन्भेष्टमेन्ट बैंकले प्रथम त्रैमासमा २ अर्ब १३ करोड खुद ब्याज आम्दानी गरेको थियो । यस आधारमा बैंकको खुद ब्याज आम्दानी ९५.४० प्रतिशले बढेको छ ।

निष्कृय कर्जा अनुपात बढेर ४.८३ प्रतिशत पुगेको छ । बैंकको स्प्रेड दर राष्ट्र बैंकले तोकेको अधिकत ४ प्रतिशतको सीमाभन्दा माथि ४.६१ प्रतिशत छ ।  बैंकले यस अवधिसम्म  ३ खर्ब ६१ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ खर्ब ५४ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ३ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब ६२ करोडमा सीमित सञ्चालन मुनाफा समेत बढाएर २ अर्ब ६० करोडको उचाईमा पुर्याएको छ । यस्तै, अघिल्लो वर्ष २ अर्ब १२ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ४ अर्ब १६ करोड माथि पुगेको छ ।

यस्तै, सर्वाधिक नाफा कमाउनेको दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । यस बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । १८ वटा बैंकलाई पछि पार्न सफल भएतापनि नबिलको नाफामा गत आर्थिक वर्षको तुलनामा गिरावट आएको छ । खराब कर्जा मेन्टेन गर्नका लागि छुट्याइने इम्पेरिमेन्ट चार्ज बढ्दा नबिलको नाफा खस्किएको छ ।

खुद ब्याज आम्दानी भने गत वर्षको पहिलो त्रैमासमा ३ अर्ब ६७ करोड रहेकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब १७ करोड पुगेको छ ।

बैंकले २ अर्ब १२ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब २३ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ४.६८ प्रतिशतले घटेको हो।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७२ पैसामा झरेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २७ रुपैयाँ १ पैसा थियो ।  बैंकको सिडी रेसियो ८६.५३ प्रतिशत छ । बैंकको नेटवर्थ २१८ रुपैयाँ २७ पैसा छ । यसअघि गत आर्थिक वर्षको पहिलो त्रैमासमा २३३ रुपैयाँ २८ पैसा थियो ।

ग्लोबल आइएमई बैंक १ अर्ब २२ करोड रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा ३.०४ प्रतिशतले को छ । गत आवको सोही अवधिमा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशतले बढेर ४ अर्ब ८० करोड १५ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ६.४२ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ८५ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.१ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ७८ करोड १७ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको खुद नाफामा दबाब पर्न गएको हो।

४ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ५७ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा भएको बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यसैगरी, चौथो स्थानमा प्राइम कमर्सियल बैंक रहन सफल भएको छ ।

बैंकले १ अर्ब  १५ करोड खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ८७ करोड ४१ लाख रुपैयाँ थियो। यो हिसाबले कम्पनीको नाफा ३१.७३ प्रतिशतले बढेको छ।

बैंकले १ अर्ब ६४ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३१.३५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८८ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ६ प्रतिशतले बढेको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ३.६७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.८० प्रतिशतमा सीमित थियो।  खराब कर्जा मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका लागि २१ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३८ करोड ८५ लाख रुपैयाँ थियो।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६४  अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २३.७४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.७४ रुपैयाँ रहेको थियो। पीई रेसियो ७.५८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५२.०६ रुपैयाँ रहेको छ।

हिमालयन बैंक एक अर्ब ५ करिड ६१ लाख रुपैयाँ नाफासहित पाँचौँ स्थानमा छ । आफ्नो नाफाको दयारा सर्वाधिक अर्थात् ९८.३५ प्रतिशतले बढाउन सफल यस अवधिमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ५३ करोड २४ लाख रुपैयाँमा सीमित थियो।

यो त्रैमासमा बैंकले १ अर्ब ५० करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७८ करोड ९४ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ९१.१३ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा बैंकले ३ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८० करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ७५.८२ प्रतिशतले बढेको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ४.६७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.३१ प्रतिशत थियो।  एनपीएल बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ७५ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ६५ करोड ८९ लाख रुपैयाँ थियो।

पहिलो त्रैमासमा बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.५१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.४२ रुपैयाँ रहेको थियो। पीई रेसयो १०.३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७०.२७ रुपैयाँ रहेको छ।

प्रभु बैंकले १ अर्ब ३ करोड ४२ नाफा नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४६.७० प्रतिशतले बढेको छ ।

बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ७० करोड ५० लाख रुपैयाँ थियो । यो हिसाबले बैंकको नाफा ४६.७० प्रतिशतले बढेको छ।

यो त्रैमासमा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५१.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब १ करोड रुपैयाँ रहेको थियो।

बैंकले खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले बढाएर २ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ९२ करोड रुपैयाँमा सीमित थियो ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ३.९७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.६८ प्रतिशतमा सीमित थियो।  खराब कर्जा मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका लागि ७ करोड ९४ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज २३ करोड ७३ लाख रुपैयाँ थियो।

पहिलो त्रैमासमा बैंकले २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको  प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७.५७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २२.१९ रुपैयाँ रहेको थियो। पीई रेसियो ८.९३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७.८२ रुपैयाँ रहेको छ।

एनआईसी एशिया बैंक सातौँ नम्बरमा झरेको छ । बैंकको खुद नाफा १ अर्ब १ करोड रुपैयाँमा सीमित बनेको छ । यो बैंकको नाफा ४२.४९ प्रतिशतले घटेको छ । बलिया प्रतिस्पर्धी मानिने एनआईसी एशियाले यो त्रैमासमा खराब प्रदर्शन गरेको हो ।

बैंकको खराब कर्जा बढ्दा सोवापत कायम गर्नुपर्ने इम्पेरिमेन्ट चार्ज बढ्दा नाफामा धक्का पुगेको देखिन्छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा ०.५९ प्रतिशत रहेकोमा अहिले बढेर १.३७ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले २७ रुपैयाँ ९ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसामा झरेको छ ।

बैंकले असोज मसान्तसम्म कुल २ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो प्रवाहित कर्जा २ खर्ब ६१ अर्ब रुपैयाँ बराबर थियो । असोज मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.८९ छ । बैंकको आधार दर १०.६७ बाट घटेर १०.५६ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेड दर ३.९९ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *