काठमाडौं। नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा बैंकले तोकेको अनिवार्य नगद मौज्दात अनुपात (सिआरआर) कायम नगर्दा कारबाही गरेको हो।
गत आर्थिक वर्ष चौथो त्रैमासमा वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणका आधारमा सार्वजनिक गरेको प्रतिवेदनमा उक्त अवधिमा नारायणीमात्रै कारबाहीमा परेको हो।
चौथो त्रैमासमा भने राष्ट्र बैंकको कारबाहीमा पटक–पटक गरी नारायणी डेभलपमेन्ट बैंक ५ पटक कारबाहीमा परेको हो। यसअघिका त्रैमासमा पनि नारायणीले ३ पटक सिआरआर नपुगेको आरोपमा नगद जरिवाना तिरेको थियो।
चौथो त्रैमासमा आइपुग्दा नारायणीले न्यूनतम ३ सय रुपैयाँदेखि ६६ हजार रुपैयाँसम्म गरी कुल १ लाख ६४ हजार २३ रुपैयाँ ८० पैसा नगद जरिवाना तिरेको हो।