आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

काठमाडौं । आजदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म देशभरका सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुला हुनेछन् ।

कार्यालयको बन्द हुने समय अन्य बेलाको भन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय खुला हुनेछन् ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *