प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्न पाँच जना सार्वजनिक

काठमाडौं । बारा कलैया उपमहानगरपालिका-६ मदरसा टोलका रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकारसहित पाँच जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

घटनामा मुख्य योजनाकार राधा गुप्ता रूपेश स्वर्णकारको प्रेमिका हुन् भने बाल एकता स्कुलकी पूर्वलेखापाल समेत हुन् । यस्तै, सोही विद्यालयमा वरिष्ठ लेखापालको भूमिकामा रहेका सोही ठाउँका ३४ वर्षीय जामिल अख्तर र कलैया-९ रामपुरका २६ वर्षीय रियाज अंसारी पक्राउ परेका छन्। उनीहरूले यस घटनामा सहयोगी भूमिका खेलेको कार्यालयले जनाएको छ।

मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने, भारतमा फरार रहेको प्रहरीले जनाएको छ । हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबीका कारण हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी राधा गुप्ता तीन वर्षदेखि भारतीय नागरिक मनोज गुप्‍तासँग प्रेममा रहेको पनि देखिएको जनाएको छ। मनोज पनि विवाहित नै रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *