काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा कार्तिक १४ गतेदेखि ‘फ्लोरा एक्स्पो’ जारी छ । नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा भएको एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरुको सक्रिय सहभागिता रहेको छ ।
कार्तिक १८ गतेसम्म चल्ने एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादीत विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ ।
मेलामा ६० वटा व्यवसायीक स्टल रहेका छन् । फूल तथा वनस्पतिक नर्सरीले सजावटले स्टलहरु झकिझकाउ छन् ।
यस मेलामा कम्तीमा ३० हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेला अवलोकन गर्न चाहाने सर्वसाधारणको लागि प्रतिव्यक्ति १ सय र विद्यार्थीहरुका लागि प्रति व्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।