पर्यटक आगमनमा नयाँ रेकर्ड, एक महिनामै भित्रिए १ लाख १७ हजार

काठमाडौं । पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ । सन् २०२३ अक्टोबर, एक महिनामा हालसम्म उच्च पर्यटक नेपाल भित्रिएका हुन् ।

पर्यटन बोर्डका अनुसार अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका छन् । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै धेरै हो ।

यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए। कोभिडअघिको तुलनामा अक्टोबरमा १०६.०४ प्रतिशतले बढ भएको बोर्डले जनाएको छ।

कोभिडअघि अर्थात् सन् २०१९ को अक्टाेबरमा एक लाख १० हजार ६२२ पर्यटक आएका थिए। त्यसपछि क्रमशः २०२० मा एक हजार ८३१, सन् २०२१ मा १५ हजार ७१५ र सन् २०२२ मा ५२ हजार १२१ पर्यटक आएका थिए।

यस महिनामा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकी छन् । अमेरिकाबाट १४ हजार ८७९ जना पर्यटक नेपाल आएको तथ्यांक छ । तेस्रो स्थानमा बेलायती छन् । यस मुलुकबाट ८ हजार २१७ जना पर्यटक नेपाल आएका छन् । चीनबाड ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् ।

तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *