स्वेता खड्काले ऋण नतिर्दा संकटमा माझी बस्ती, जग्गा लिलामी रोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत, पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया १५ दिन रोक्न सम्बन्धित बैंकलाई अन्तरिम आदेश दिएको छ । उच्च अदादतले लिलामी पक्रिया १५ दिन रोक्न लक्ष्मी सनराइज बैंक (तत्कालीन सनराइज बैंक)लाई मंगलवार आदेश दिएको हो ।

यसअघि अभिनेत्री स्वेता खड्काको नामले चिनिने रञ्जना खड्का र उनको स्वेताश्री फाउण्डेशनले नमुना वस्ती निर्माणका क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म पनि ऋण रकम भुक्तानी नदिएपछि बैंकले लिलामी सूचना निकालेको हो ।

उच्च अदालत पाटनले उक्त बैंकलाई लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश रमेशराज पोखरेलको इजराशले उक्त लिलामी प्रक्रिया रोक्न आदेश दिनुका साथै फाउण्डेशन र  १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेशसमेत दिएको छ ।

ऋण लिँदा बैंकसँग गरेको सम्झौता अनुसार फाउन्डेसनले किस्ता नतिर्दा सिन्धुपाल्चोकको सिङ्गो माझी बस्ती लिलामीको जोखिममा परेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र फाउन्डेसनको समेत रकमले चौतरा साँगाचोकगढी नगरपालिका १४ स्थित इन्द्रावती नदी किनारको झ्याडी टोलमा बस्ती निर्माण भएको थियो । फाउन्डेसनले घर निर्माणका लागि बैंकसँग लिएको करिब अढाइ करोड रुपैयाँको ऋण लिएको थियो । उक्त ऋण लिनको लागि माझी समुदायकै जग्गा राखिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *