नेप्सेमा दोहोरो अंकको वृद्धि, सबै परिसूचक हरियाली

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १०.६६ अंकले बढेर १८४४.३६ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.८७ अंकले बढेर ३५४.२५ बिन्दुमा पुगेको छ ।

हिजो सोमबार नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा ओर्लिएको थियो ।

आज कारोबार अवधिभर २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर किनबेच भएको छ । यसदिन ७७ करोड ४७ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ। हिजो ८२ करोड ४२ लाख १७ हजार रुपैयाँको कारोबार भएको थियो।

आज सबै सूचकको सेयर मूल्य बढेको छ। हिजो सबै सूचक राताम्मे भएकाे थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १६१ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ५० वटा कम्पनीको सेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज पिपुल्स पावर कम्पनीको सेयरमूल्य ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता २६९.४० रुपैयाँ पुगेको छ ।

त्यसैगरी,  युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।  कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *