नेपाल बैंकको सीईओका लागि १९ जनाको भिडन्त हुने

काठमाडौं । नेपाल बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नका लागि १९ जनाको भिडन्त हुने भएको छ ।

सीईओ छनोट समितिका अनुसार कृषि विकास बैंकका डेपुटी सीईओ प्रताप सुवेदीसहित अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले बैंकको सीईओ पदका लागि आवेदन दिएका हुन् ।

छनोट समितिले प्रारम्भिक सूची छनोट गरेपछि अन्तरवार्ताका लागि बोलाउने छ । छनोट समितिले उम्मेदवारको शैक्षिक योग्यता,, कार्य अनुभव र पेस भएको व्यावसायिक कार्य योजनाको मूल्यांकनमा कम्तिमा ६० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने ५ जनालाई सर्ट लिस्टमा छनोट गर्नेछ ।

पाँच जनामध्ये उच्च अंक प्राप्त गर्ने तीन जनाको नाम सीईओ नियुक्तीका लागि सञ्चालक समितिमा पेश हुनेछ । तिनै तीन जनामध्येबाट सञ्चालक समितिले एक जनालाई सीईओ नियुक्त गर्नेछ ।

नेपाल बैंकले २१ दिनको म्याद तोकेर असोज २१ गते दरखास्त आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *